दसैँ अवधिभर ५ प्रदेशमा मनसुन सक्रीय हुने,यी हुन् बढी प्रभावित हुने प्रदेश



काठमाडौँ । दसैँ अवधिभर मनुसन सक्रीय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हालको मौसम विश्लेषण अनुसार नेपालमा मनसुन वायुको प्रभाव केही कमजोर भए पनि बंगालको खाडिमा विकसित भएको न्यून चापीय प्रणाली भारतको ओरिसाबाट जमिनको भूभागमा प्रवेश गरी मध्य भारततर्फ क्रमशः सर्ने भएको छ ।

सो न्यून चापीय प्रणालीको कारणले नेपालमा जलवाष्फ युक्त मनसुनी वायु प्रवेश गरी असोज १७ (एकादशी) का दिनदेखि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रीय हुने सम्भावना देखिएको विभागले जनाएको छ ।

विभागले दसैं विशेष बुटेलिटमा भनेको छ,“तसर्थ, नेपालमा यस वर्षको दशै अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने देखिन्छ ।” विभागका अनुसार एकादशीबाट बढी मनसुसन सक्रीय रहेने छ ।

असोज १७ (एकादशी) : कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराई भूभागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

असोज १८ (द्वादशी): कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरू हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।साथै कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

असोज १९ (त्रयोदशी): कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षा र एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ ।