काठमाडौँ । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरुको २१ कराेड ७४ लाख ४५ हजार ८३१ रूपैयाँ दाबी भुक्तानी गरेको जनाएको छ l
हालसम्म हिमालयन एभरेष्टमार्फत बिमा भई क्षतिपूर्ति दाबी गरिएका २८७ वटा दाबीमध्ये हालसम्म २४५ वटा दाबी भुक्तानी गरेकाे जनाएकाे हाे ।
उक्त दावी भुक्तानी रकम जेन जी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरुको अग्रिम तथा अन्तिम दावी भुक्तानी बापत रहेको कम्पनीले उल्लेख गरेकाे छ ।
नियामकीय प्रावधानभित्र रही सरल र सहज दावी भुक्तानीका लागि कम्पनी प्रतिवद्ध रहेको दावी विभाग प्रमुख रोज राज लुँइटेलले बताए l
साथै, कम्पनीका अनुसार दाबी भुक्तानी २१ गते मंगलबारबाट पुन: सुरूवात हुनेछ । हिमालयन एभरेस्ट इन्स्योरेन्सले विषम परिस्थितिलाई ध्यानमा राख्दै, बीमित ग्राहकको सुविधा र आर्थिक राहतका लागि शीघ्र भुक्तानी प्रक्रिया अघि बढाएको उल्लेख गरेकाे छ । यस प्रयासले बीमितलाई विषम परिस्थितिमा आर्थिक राहत र संरक्षण सुनिश्चितता प्रदान गर्ने उद्देश्य राखेको उल्लेख गरेको छ।
यसका साथै, हिमालयन एभरेष्टमार्फत बीमा भई क्षतिपूर्तिको दावी भुक्तानी बाँकि रहेका बिमितहरुलाई आवश्यक कागजात र प्रक्रिया पुर्याइ आफूलाई पायक पर्ने कम्पनीको नजिकको शाखा वा केन्द्रीय कार्यालयमा सम्पर्क गर्न समेत कम्पनीले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्