काठमाडौँ। साताको कारोबारको चौथो दिन सेयरबजार घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक ४५.३६ अंकले घटेर २५५९.५९ अंकमा झरेको छ ।
आज नेप्सेमा कारोबार भएका १३ ओटै उपसमुहको सेयरमूल्य घटेको छ ।
नेप्सेका अनुसार बुधबार नेपाल रि इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २६ करोड १६ लाख ९० हजार रूपैयाँ बढीको कारोबार भएको छ ।
आज प्रभु इन्स्योरेन्सका लगानीकताहरूले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ६.१२ प्रतिशतले घटेको छ ।
कुल ३३५ कम्पनीको एक करोड ३७ लाख ४९ हजार ५०४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७६ करोड २७ लाख १ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्