काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार ट्रुथ सोशलमा इजरायल र हमास दुवैले गाजा शान्ति योजनाको पहिलो चरणमा हस्ताक्षर गरेको बताएका छन् ।
यसको अर्थ सबै वन्धकहरूलाई चाँडै रिहा गरिनेछ । इजरायलले बलियो, दिगो र अनन्त शान्तितर्फको पहिलो कदमको रूपमा सहमति भएको रेखामा आफ्ना सेना फिर्ता गर्नेछ । उनले ऐतिहासिक घटनाको लागि कतार, इजिप्ट र टर्कीका मध्यस्थकर्ताहरूलाई धन्यवाद दिएका छन् ।
ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफू हप्ताको अन्त्यतिर मध्य पूर्वको यात्रा गर्नसक्ने पनि बताए । इजरायल र हमासले सोमवार इजिप्टको रेड सी रिसोर्ट शर्म अल–शेखमा गाजा युद्धविरामको बारेमा अप्रत्यक्ष वार्ता शुरु गरेका थिए ।
अक्टोबर ७, २०२३ मा युद्ध शुरु भएदेखि, इजरायली हवाई आक्रमणले गाजा पट्टीलाई तहसनहस पारेको छ । जसले गर्दा व्यापक अनिकाल र विस्थापन भएको छ । गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार कम्तिमा ६७ हजार १ सय ८३ जनाको मृत्यु भएको छ भने १ लाख ६९ हजार ८ सय ४१ जना घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस्