बङ्गलादेशी रासायनिक गोदाम र कपडा कारखानामा आगलागी हुँदा १६ जनाको मृत्यु


काठमाडौँ । बङ्गलादेशको राजधानी ढाकामा मङ्गलवार एक कपडा कारखाना र एक रासायनिक गोदाममा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ ।

स्थानीय मिडिया रिपोर्टकाअनुसार बङ्गलादेश युनिभर्सिटी अफ बिजनेस एन्ड टेक्नोलोजीको अगाडि दुई भवनहरू छेउछाउमा अवस्थित छन् ।

१२ जनाको शव ढाका मेडिकल कलेज अस्पताल र ढाकाको राष्ट्रिय जलन तथा प्लास्टिक सर्जरी संस्थानमा लगिएको बताइएको छ ।

अधिकारीकाअनुसार सात तले कपडा कारखानामा आगलागी तेस्रो तल्लाबाट शुरु भएको थियो ।

आगो निभाउन कम्तिमा १२ वटा दमकल इकाइहरू घटनास्थलमा पुगेका थिए ।

रासायनिक गोदाममा ब्लीचिङ पाउडर, प्लास्टिक र हाइड्रोजन पेरोक्साइड लगायतका खतरनाक सामग्रीहरू भण्डारण गरिएको थियो । आगोको कारण पत्ता लागेको छैन ।