नेप्सेमा ६२ अंकको उछाल आउँदा साढे ४ अर्बको कारोबार


काठमाडाैँ । साताको कारोबारको दोस्रो दिन सेयरबजारमा उछाल आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक परिसूचक नेप्से परिसूचक ६२.२९ अंकले बढेर २५७१.३४ अंकमा पुगेको छ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ट्रेडिङ उपसमुह बाहेक सबै उपसमुहको सेयरमूल्य बढेको छ ।

मंगलबार नेप्सेमा हिमालयन पावर पाटनर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २४ करोड ९४ लाख बढिको कारोबार भएको छ ।

आज नेप्सेमा न्यादी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।
त्यस्तै आजको दिन हिमालयन पावर पाटनरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ६.३६ प्रतिशतले घटेको छ ।

कुल ३१४ कम्पनीको ९२ लाख ४३ हजार ७ सय २३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड ३९ लाख ४३ हजार बढिको कारोबार भएको छ ।