एमाले सचिवालय बैठक सुरू,संसद पुनःस्थापनाको विषय छलफल हुने


काठमाडाैँ । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ । 

बिहीवार दिउँसोबाट पार्टी केन्द्रिय कार्यालय च्यासलमा बैठक सुरू भएको हो । बैठकमा सरकारका गतिविधि, पार्टीको आगामी महाधिवेशन तयारी, राजनीतिक समसामयिक विषयहरूमा छलफल हुनेछ ।

नेकपा एमालेले संसद पुनःस्थापनाको विषय अगाडि बढाएको छ । त्यसबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।

साथै बारामा एमाले नेताहरूलाई जान रोकिएको विषयबारे पनि छलफल हुनेछ । पार्टी केन्द्रिय कार्यालय च्यासलमा गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि पहिलो पटक सचिवालय बैठक बसेको हो । यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक बस्ने गरेको थियो ।