काठमाडाैँ । भारत सरकारले हेटौंडामा ७०–मिटर लामो मोड्युलर पुल तथा पुल जडान गर्न प्रयोग हुने विशेष उपकरणहरू हस्तान्तरण गरेको छ ।
नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले हेटौंडामा आयोजित एक समारोहबिच सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई लाई ७०–मिटर लामो मोड्युलर पुलको पूर्ण सेट र पुल जडान गर्न प्रयोग हुने विशेष उपकरणहरू हस्तान्तरण गरेका हुन् ।
सन् २०२५ अक्टोबरमा आएको विनाशकारी वर्षापछि नेपाल सरकारले अनुरोध गरेअनुसार भारत सरकार कुल दशवटा यस्ता ७०–मिटर लामो र अग्ला स्प्यान पुलहरु प्रदान गर्न प्रतिवद्ध रहेको दुतावासले जनाएको छ । ७३ करोडभन्दा बढी मूल्यका दशवटा बेली ब्रिजहरु भारतले अनुदानको आधारमा प्रदान गरिरहेको दुतावासले जनाएको छ ।
हस्तान्तरण गरिएको मोड्युलर पुललाई तुरुन्तै रामेछापमा जडानका लागि पठाइनेछ । गत वर्षको बाढी र पहिरोपछि भारत सरकारले ४१ करोड बराबरका १० वटा प्री–फ्याब्रिकेटेड स्टील ब्रिजहरु उपलब्ध गराएको थियो । जसमध्ये ४ वटा जडान भइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्