काठमाडाैँ । सुनको भाउ आईतवार २ हजार ९ सय रुपैयाँले बढेको छ ।
अघिल्लो साताको अन्तिम शेयर कारोबार दिन शुक्रवार १ हजार ३ सयले घटेको सुन आज २९ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २ हजार ९ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ४४ हजार ६ सय कायम भएको छ ।
शुक्रवार सोही परिमाणको सुन २ लाख ४१ हजार ७ सय रुपैयाँमा खरिदविक्री भएको थियो । सुनको मूल्य वृद्धि भएसँगै चाँदीको भाउ पनि बढेको छ ।
महासंघका अनुसार प्रतितोला चाँदी ३ हजार १ सय ३५ रुपैयाँमा खरिदविक्री भइरहेको छ ।गत शुक्रवार चाँदीको मूल्य ३ हजार १ सय पुगेको थियो । पछिल्ला दिनहरुमा सुनको भाउमा निरन्तर उतारचढाव देखिँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्