काठमाडौँ । स्याङ्जाको वालिङ क्षेत्रमा अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन तथा ढुंगा ओसार–पसार भइरहेको सूचनाको आधारमा प्रहरीले एक टिप्पर नियन्त्रणमा लिएको छ।
गृह मन्त्रालयअन्तर्गत जिल्ला प्रहरी कार्यालय स्याङ्जाको टोलीले आज दिउँसो करिब ११ बजे वडा प्रहरी कार्यालय वालिङबाट खटिएको टोलीमार्फत उक्त वाहन नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार वालिङ नगरपालिका–९ सुकौंदीस्थित बाहुनथान–मिर्ची सडकखण्ड क्षेत्रमा ढुंगा ओसार–पसार गर्दै गरेको अवस्थामा ग.१–क ५०९० नम्बरको टिप्पर फेला पारिएको थियो।
प्रहरीले टिप्पर तत्काल नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वालिङ नगरपालिकाको कार्यालयमा पठाएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्