काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘खजुरीको नेपाल प्रा.लि.’ द्वारा उत्पादित ‘पफ’ गुणस्तरहीन पाइएको भन्दै बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ।
विभागका अनुसार, बजार अनुगमनका क्रममा सङ्कलन गरिएको नमूनाको प्रयोगशालामा परीक्षण गर्दा निर्धारित औद्योगिक ट्रान्स फ्याटको अधिकतम सीमा २ प्रतिशत भन्दा बढी फेला परेको जनाएको छ।
फिर्ता गरिनुपर्ने खाद्य पदार्थमा विक्री वितरण नगर्न पनि विभागले स्पष्ट निर्देशन दिएको छ। उपभोक्ताहरूलाई सचेत रहन र उक्त व्याचका खाद्य पदार्थ प्रयोग नगर्न आग्रह गरिएको छ।
फिर्ता गरिनुपर्ने खाद्य पदार्थमा ‘पफ’ दुई व्याच समावेश छन् । बी १ थ्री ए र ब्याच नम्बर बी १ फाइभ ए का पफहरू बजारबाट तुरुन्त फिर्ता लैजान आदेश दिइएको छ ।




प्रतिक्रिया दिनुहोस्