काठमाडौँ । एनसेलमा भएको आक्रमणले कम्पनीलाई करिब ६० करोड रुपैयाँ बराबरको क्षति पुगेको बताइएकाे छ । बुधवार गोरखापत्र संस्थानले गरेको एक कार्यक्रममा बोल्दै कम्पनीका निर्देशक डिल्लीराम श्रेष्ठले यो घटना केवल राजनीतिक कारणले नभई आपराधिक मानसिकताबाट प्रेरित भएको बताएका हुन्।
उनका अनुसार एनसेलको कर्पोरेट हाउसको पार्किङमा रहेका सवारी साधन जलाइएका, कर्मचारीका व्यक्तिगत सामान चोरी भएका हुन् र यस्तो कार्य गर्ने जो कोहीलाई कारबाही हुनुपर्छ।
श्रेष्ठले घटनापछि जाहेरी दिइए पनि अहिलेसम्म कसैलाई पक्राउ नगरिएको भन्दै राज्यको जिम्मेवारीप्रति प्रश्न उठाए ।उनले निजी क्षेत्रको सुरक्षा र लगानीमैत्री वातावरण सुनिश्चित गर्न सरकारले ठोस कदम चाल्नुपर्ने आवश्यकता औँल्याए ।
“एनसेलको कर्पोरेट हाउसमा जुन किसिमले आक्रमण भयो, त्यसबाट हामीले करिब ६० करोडको नोक्सानी बेहोर्नु पर्यो। यो आक्रमण केवल राजनीतिक कारणले मात्र थिएन, अपाराधिक मानसिकताका कारण भएको थियो। हाम्रो पार्किङमा रहेका सवारी साधन जलाइएका र कर्मचारीको सामान चोरी गरिएको थियो,”उनले भने,”जाहेरी दिइएको भए पनि अहिलेसम्म कुनै पक्राउ भएको छैन। राज्यले जिम्मेवारी निभाएको भए नागरिकको मौलिक हक सुनिश्चित हुन सक्थ्यो। हामी नागरिकको सूचना र संचारको हक सुनिश्चित गर्न प्रतिवद्ध छौं।”



प्रतिक्रिया दिनुहोस्