सेयरबजारको उकालो यात्रा जारी : नेप्से परिसूचक १७ अंकले बढ्दा कारोबार रकम ४ अर्ब माथि


काठमाडौं । साताको कारोबारको पहिलो दिन पनि सेयरबजारमा दोहोरो अंकले वृद्धि भएको छ । आइतबार नेप्से परिसूचक १७ अंकले बढ्दा कारोबार रकम पनि ४ अर्ब नाघेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से परिसूचक १७.२६ अंकले बढेर २०४६.२९ अंकमा पग्दा नेप्से परिसूचक ०.८५ प्रतिशतले बढेको छ । यस्तै, सेन्सेटिभ परिसूचक पनि २.७२ अंकले बढेर ३९४.०२ अंकमा पुगेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज २ वटा उपसमूहबाहेक बाँकी सबै उपसमूहको सेयर बढेको छ ।

आइतबार नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको २२ करोड ५७ लाख ४८ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आजको दिन नेप्सेमा श्रृजनशिल लघुवित्त, खप्तड लघुवित्त, धौलागिरी लघुवित्त, अजोड इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी ५ वटै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

यस दिन सिद्धार्थ इक्विटी फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । उक्त फण्डको मूल्य ५५७ प्रतिशतले घटेको छ ।

कूल २६१ वटा कम्पनीको एक करोड ८ लाख ८० हजार ९ सय ४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४ करोड ८८ लाख ७९ हजार रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।