काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ।
ओली देउवासँग छलफलका लागि महाराजगञ्जस्थित देउवानिवास पुगेका हुन्। भेटमा एमाले महासचिव शंकर पोखरेल पनि सहभागी रहेका छन्।
देउवापक्षबाट उनकी पत्नी तथा कांग्रेस नेतृ आरजु राणा देउवा उपस्थित थिइन्। शीर्ष नेताहरूबिच भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।



प्रतिक्रिया दिनुहोस्