काठमाडौँ । सरकारले सहकारी संस्थामा भएको बेतिथिसम्बन्धी अनियमितता जाँच्न आयोग गठन गरेको छ।
उच्च अदालतका पूर्व न्यायाधीश विनोद प्रसाद शर्माको संयोजकत्वमा गठन हुने उक्त आयोगले सहकारी क्षेत्रको वित्तीय र व्यवस्थापकीय पक्षको जाँचबुझ गर्नेछ।
सरकारका प्रवक्ता जगदीश खरेलले आज सञ्चार सूचना तथा प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा माघ २ गते बसेको मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै आयोग गठनको जानकारी दिएका हुन्।


प्रतिक्रिया दिनुहोस्