नेप्से ७१ अंकले बढ्यो, लगानीकर्ताको आर्कषण हाइड्रोपावर तिरै


काठमाडौं । केही दिनको उतारचढाव पछि आज साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज नेप्से भारी अंकले वृद्धि भएको छ । आइतबार ७१ अंकले परिसूचक बढे पनि कारोबार रकम भने ९ अर्बमा खुम्चिएको छ ।

सेयर कारोबार मापक नेप्से परिसूचक ७१.४३ अंकले बढेर २९४७.४२ अंकमा पुगेको छ भन सेन्सेटिभ परिसूचक पनि १३.०३ अंकले बढेर ५४८.२९ पुगेको छ ।

अझै पनि लगानीकर्ताहरुको आर्कषण हाइड्रोपावर तिर नै देखिएको छ । आज नेप्सेमा १० वटा कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ जसमध्ये ८ वटा हाइड्रोपावर कम्पनी रहेका छन् ।

आज नप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये म्युचुअल उपसमुह बाहेक सबै उपसमूह बढेका छन् । नेप्सेमा आज दिन जलविद्युत समूह सर्वाधिक ६.३७ प्रतिशतले उकालो लागेको छ ।

विकास बैंक समूह ५.१३ प्रतिशतले बढेको आज बैंकिङ समूह १.२५ प्रतिशत, व्यापार समूह १.२५ प्रतिशत, होटेल तथा पर्यटन समूह २.२३ प्रतिशत, वित्त समूह ४.०८ प्रतिशत, निर्जीवन बीमा समूह ३.२७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ४.५१ प्रतिशत, अन्य समूह ०.९७ प्रतिशत, लघुवित्त समूह २.०८ प्रतिशत, जीवन बीमा समूह १.८४ प्रतिशत र लगानी समूह २.३१ प्रतिशतले बढेका छन् । त्यस्तै आज म्युचुअल फन्ड समूह भने ०.२९ प्रतिशतले घटेको छ ।

नेप्सेमा आज कारोबार रकमको आधारमा अरूण भ्याली हाइड्रोपावर कम्पनीको सर्वाधिक कारोबार अग्रस्थानमा रहेको छ । कम्पनीको ७३ करोड ७७ लाख रूपैयाँ बराबरको कारोबार भएको हो ।

कूल २३१ वटा कम्पनीको एक करोड ७१ लाख ३ सय ३३ कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ४४ करोड ३५ हजार २ सय ४४ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।