काठमाडाैँ । डिस होस इन्टरनेटले आफ्नो सेवाग्राही भएको ठाउँमा घर घरमा सेवा अभियान सुरु गरेको छ ।
आफ्ना इन्टरनेट सेवाहरूलाई अझ सहज, छरितो र ग्राहक–केन्द्रित बनाउने उद्देश्यका साथ ‘सर्भिस अन डोर (एसओडी)’ सेवा अभियान सुरु गरिएको कम्पनीले जनाएको छ ।
अभियान बागमती प्रदेशअन्तर्गत थानकोट, चन्द्रागिरी क्षेत्रबाट माघ १५ गते देखि सञ्चालन गरिएको हो । अभियानअन्तर्गत ग्राहकहरूले डिसहोस इन्टरनेट सेवा जडान तथा सम्बन्धित प्राविधिक सेवा आफ्नै घरमै प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।
ग्राहकको समय र सुविधालाई प्राथमिकतामा राख्दै, कम्पनीका दक्ष प्राविधिक टोलीहरू घरमै पुगेर सेवा प्रदान गर्ने कम्पनीको भनाई छ ।
एसओडी अभियान काठमाडौँ उपत्यकाबाट सुरु भई चरणबद्ध रूपमा देशका अन्य क्षेत्रहरूमा समेत विस्तार गरिने र ग्राहकहरूले वार्षिक रिचार्ज गर्दा विशेष छुट तथा अतिरिक्त सुविधाहरू प्राप्त गर्न सक्ने डिस होम इन्टरनेटले जनाएको छ ।
अभियानबारे जानकारी लिन डिस हाेम इन्टरनेटकाे हटलाइन नम्बर ९८०१५४४००० मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएकाे छ ।


प्रतिक्रिया दिनुहोस्