काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घट्को छ । हिजोको तुलनामा सुन र चाँदीको मुल्य आज केही घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यो हिजोको भन्दा ४ हजार ७ सय १० रुपैयाँले कमी हो । आज शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय १० रुपैयाँ छ । हिजो चाँदीको मूल्य ४ हजार ९ सय ८० रुपैयाँ थियो ।
यही माघ १५ गते सुन हालसम्मकै उच्च मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदी ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्