काठमाडौँ। उज्यालो नेपाल पार्टीले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्ने भएको छ।
पार्टीका अनुसार आज दिउँसो १ः३० बजे काठमाडौँको इन्द्रेणी बैंक्वेटमा कार्यक्रम आयोजना गरिएको हो।
उक्त कार्यक्रममा पार्टीका शीर्ष नेतृत्वले आगामी निर्वाचनलाई लक्षित गर्दै तयार गरिएको प्रतिबद्धता पत्र सार्वजनिक गर्ने जनाइएको छ।
कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्