काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुने बताएका छन् । बंगलादेशको निर्वाचनका विजेतालाई बधाई तथा शुभकामना पनि दिएका हुन् ।
काठमाडौँबाट आफ्नो निर्वाचन क्षेत्र झापा ५जाने क्रममा भद्रपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले नेपालको निर्वाचन परिणाम पनि बंगलादेशकै जस्तो हुने उल्लेख गरे ।
अध्यक्ष ओलीले निर्वाचन क्षेत्रका अधिकाश मतदातासँग प्रत्यक्ष भेट्ने चाहना भएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्