काठमाडौँ । मंगलबार बिहान हेटौँडा–१६, चिसापानीस्थित धरान चतरा सडक खण्डमा भेटिएको शंकास्पद बस्तु सेनाले डिस्पोज गरेको छ ।
आज बिहान ५ः१५ बजे सेतो कपडाले बेरिएको शंकास्पद बस्तुमा खतरा लेखिएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले घटनास्थल पुगेर सो क्षेत्र सुरक्षित राख्दै डिस्पोजका लागि नेपाली सेनासँग समन्वय गरेको थियो । बिहान ८ः१० बजे नेपाली सेना र प्रहरीको टोलीले शंकास्पद बस्तु डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्