इरानमा एक दिनमा १२ सय बम खसालेको इजरायलको दाबी


इरानमा एक दिनमा एक हजार २०० बम खसालेको इजरायलले दाबी गरेको छ । इजरायलको वायुसेनाले संयुक्त राज्य अमेरिकासँगको संयुक्त आक्रमणमा एक दिनमा इरानमा एक हजार २०० भन्दा बढी हतियार खसालेको बताएको छ ।

इरानमा आक्रमण गरिएका स्थलहरूमा दक्षिणी इरानको होर्मोज्गान प्रान्तको शहर मिनाबमा रहेको प्राथमिक बालिका विद्यालय पनि समावेश गरेको छ । जहाँ कम्तिमा १४८ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको जनाइएको छ ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले विद्यालयमा भएको आक्रमणमा दर्जनौं बालबालिका मारएिको बताएका छन् ।