भक्तपुर । भक्तपुर क्षेत्र नं. २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका राजिव खत्रीले विजय हासिल गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रतिस्पर्धी महेश बस्नेतलाई पछि पार्दै खत्रीले जितेका हुन् ।
बस्नेत ले जनमतलाई सम्मान गर्दै निर्वाचन परिणाम स्वीकार गरेका छन्। उनले लोकतन्त्रमा जनताको निर्णय सर्वोपरि हुने उल्लेख गर्दै त्यसलाई सम्मानपूर्वक स्वीकार गरेको बताएका छन्।
निर्वाचनमा विजयी भएका खत्रीलाई बस्नेतले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
साथै सूर्य चिन्हमा मतदान गरी आफूलाई विश्वास व्यक्त गर्ने सम्पूर्ण मतदाता दाजुभाइ तथा दिदीबहिनीहरू र चुनावी अभियानमा दिनरात खटिएका पार्टीका नेता–कार्यकर्ताप्रति उनले कृतज्ञता व्यक्त गरेका छन्।
बस्नेतले राजनीति हार–जितको स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै जनताको सेवा गर्ने प्रतिबद्धता भने कहिल्यै नहार्ने बताएका छन्।
उनले अब रचनात्मक प्रतिपक्षको भूमिकामा रहँदै शिक्षा, स्वास्थ्य, रोजगारी, भ्रष्टाचारमुक्त सुशासन तथा समृद्ध समाज निर्माणका लागि निरन्तर आवाज उठाइरहने प्रतिबद्धता जनाएका छन्।


प्रतिक्रिया दिनुहोस्