पार्टी अध्यक्ष लामिछानेसहित रास्वपा २२ स्थानमा विजय, ९४ क्षेत्रमा अग्रस्थानमा


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले २२ स्थानमा विजयी भएको छ ।

निर्वाचन आयोगको तथ्याङ्कअनुसार रास्वपा अध्यक्ष रबि लामिछानेसमेतका नेताहरु विजय भएका छन् भने ९४ ठाउँमा अग्रता कायम गरिरहेको छ ।

यससँगै रास्वपा पूर्ण बहुमतको बाटोमा गएको छ ।२७५ सिट रहेको प्रतिनिधि सभामा बहुमतका लागि प्रत्यक्ष र समानुपातिक गरेर १३७ सिट ल्याउनुपर्छ ।

समानुपातिकमा पाएको मतको रुझान हेर्दा रास्वपा एकल बहुमततर्फ अगाडि बढेको छ ।