इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन


अमेरिकी राजधानी वासिङ्टन डिसीमा इरानविरुद्धको अमेरिकी सैन्य कारबाहीको विरोध गर्न प्रदर्शन भएको छ । हजाराैँ मानिसहरु ह्वाइट हाउस नजिकै भेला भइ प्रदर्शन गरेका हुन् ।

उनीहरुले प्लेकार्ड बोकेर नाराबाजी गर्दै युद्ध अन्त्यको माग गरिरहेका छन् । अमेरिकाका ५० भन्दा बढी शहरमा यस्तै विरोध प्रदर्शन भएका थिए ।

अमेरिका र इजरायलले एक साताअघि इरानमाथि भीषण आक्रमण शुरु गरेका थिए । जारी सैन्य तनावले क्षेत्रीय तनाव बढाएको छ र विश्वव्यापी रूपमा यसको असर परेको छ ।