काठमाडाैँ । अमेरिका इजरायल र इरानबिच युद्धविरामका लागि पहल सुरु भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध छिट्टै सकिने बताइरहेका बेला युद्धविरामका लागि चीन,फ्रान्स र रसियाले सम्पर्क गरेको इराजनले जनाएको छ ।
इरानका उपविदेशमन्त्री काजेम घारिबाबादीले सरकारी टेलिभिजनलाई दिएको जानकारीअनुसार चीन,फ्रान्स र रसियाले युद्धविरामका विषयमा इरानसँग सम्पर्क गरेका छन् ।
समाचार संस्था अलजजिराकाअनुसार इरानले युद्धविरामका लागि भविष्यमा आक्रमण नदोहोरिने सुनिश्चिता खोजेको छ । र आफ्नो कदमको जिम्मेवारी स्वीकृति चाहन्छ ।
उपविदेशमन्त्री घारिबाबादीले आफूहरू युद्धमा सफल रहेको हात माथि रहेको दबी गरेका छन् ।
उनले अमेरिका र इजरायलको योजना विफल भएका छन् ।
उनकाअनुसार इरानले अमेरिका र इजरायललाई ठुलो क्षति पुर्याएको छ र यसको प्रभाव विश्व ऊर्जाबजार र विश्व अर्थतन्त्रमा देखा परेको छ ।
उपविदेशमन्त्री घारिबाबादीले युद्ध कहिले अन्त्य हुन्छ भन्ने कुरा अब इरानले नै निर्धारण गर्ने टिप्पणी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्