काठमाडौँ । अमेरिकाले इरानको खर्ग टापुमा गरेको आक्रमणले परिस्थिति सैन्य आक्रमणबाट आर्थिक युद्धतर्फ मोडिएको सङ्केत गरेको छ ।
कतारस्थित जर्जटाउन विश्वविद्यालयमा मध्यपूर्वी राजनीति अध्यापन गर्ने जायदान अल्किनानीले अल जजिरालाई बताए अनुसार, अमेरिकाले इरानको खर्ग टापुमा गरेको आक्रमण अब सैन्य द्वन्द्वभन्दा पनि आर्थिक युद्धतर्फको परिवर्तन जस्तो देखिन्छ ।
उनका अनुसार, “गत दुई हप्तादेखि भएको द्वन्द्वका आर्थिक प्रभावहरू सीधै युद्धले प्रभावित भएका छन् । अब दुवै पक्षले रणनीतिक रूपमा एक–अर्काको क्षेत्रीय आर्थिक प्रभाव भएका आधारहरू कमजोर बनाउने प्रयास गरिरहेका छन् ।”
अल्किनानीले थप भने कि दुवै पक्षले दबाब बढाउँदै लगेकाले एक–अर्कालाई या त शान्त हुन वा वार्तामा बस्न बाध्य पार्ने उद्देश्य देखिन्छ ।
कतारस्थित जर्जटाउन विश्वविद्यालयमा मध्यपूर्वी राजनीतिका प्राध्यापक जैदोन अल्किनानीका अनुसार हर्मुजको सामुद्रिक मार्गमा तनाव बढेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खार्ग टापुस्थित तेल पूर्वाधारहरू नष्ट गर्न सक्ने अधिकार आफूले सुरक्षित राखेको चेतावनी एक चिन्ताजनक सङ्केत हो ।
यससँगै अमेरिका र इजरायल गठबन्धनले इरानको खर्ग टापुमा आक्रमण गरेपछि तनाब थप बढेको छ र यो घट्ने कुनै सङ्केत छैन ।
खर्ग टापुमा अमेरिकाले ठुलो बमबारी गरेको बताएको छ । खर्ग टापुमा रहेका सबै सैन्य लक्ष्यहरूमाथि बमबारी गरी ध्वस्त पारेको अमेरिकी दाबीसँगै यो विश्वव्यापी चर्चामा मात्रै छैन इरानी अर्थतन्त्रमा ध्वस्त हुने आँकलन छ ।
युद्धको तेस्रोहप्ता चलिरहँदा सैन्य आक्रमणमा अलमलिएको इरान र अमेरिकाले इरानको आर्थिक क्षेत्रमा आक्रमण तीव्र बनाएको सङ्केत मिलेको छ ।


प्रतिक्रिया दिनुहोस्