युक्रेनले मध्यपूर्वी राष्ट्रहरूलाई मद्दत गर्ने बदलामा पैसा र प्रविधि चाहिने बताएको छ । इरानी कामिकाजे ड्रोनहरू विरुद्ध बचाउ गर्न विशेषज्ञ पठाएपछि युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले बदलामा पैसा र प्रविधि चाहिने बताएका हुन् ।
मूल्याङ्कन गर्न र ड्रोन प्रतिरक्षा कसरी सञ्चालन गर्नुपर्छ भनेर तीन टोली विशेषज्ञ मध्यपूर्व पठाइएको थियो । युक्रेनले विशेषज्ञ टोली कतार, संयुक्त अरब इमिरेट्स र साउदी अरेबिया, साथै जोर्डनमा रहेको अमेरिकी सैन्य अड्डामा पठाइएको हो ।
जेलेन्ीकीले इरानसँग युद्धमा नरहेको र यो अपरेशनमा संलग्न नभएको बताएका छन् ।
उनले खाडी देशहरूसँग थप आधारभूत, दीर्घकालीन ड्रोन सम्झौताहरू गर्न सकिने र यसको बदलामा युक्रेनले के पाउने विषयमा छलफल बाँकी रहेको बताए ।
उनले प्रविधि र कोष दुवै महत्त्वपूर्ण रहेको बताएका छन् । खाडी राज्यहरूले इरानको शाहेद ड्रोनहरूको सामना गर्न ठूलो मात्रामा हवाई–रक्षा मिसाइलहरू खर्च गरेका छन् । युक्रेनले सस्तो, साना ड्रोनहरू वा जाम गर्ने उपकरणहरू सहित हतियारहरूको प्रयोग गरेर रूसी ड्रोनहरू खसाल्ने गरेको छ ।
जेलेन्स्कीले मेरिकाका साथै युरोप, मध्य पूर्व र अफ्रिकाका देशहरूले यी आक्रमणहरूको सामना कसरी गर्ने भनेर युक्रेनबाट मद्दत मागेको बताएका छन् ।
यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ड्रोन खसाल्न अमेरिकालाई युक्रेनको सहयोग नचाहिने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्