चीनले कम्बोडियाको ‘कमिसन फर कम्ब्याटिङ अनलाइन स्क्याम्स’ लाई साइबर घोटालाहरू रोक्न र नियन्त्रण गर्ने प्रभावकारिता बढाउने उद्देश्यले विभिन्न सामग्रीहरू प्रदान गरेको छ ।
कम्बोडियाका लागि चिनियाँ राजदुत वाङ वेनबिन र सचिवालयका प्रमुख तथा कम्बोडियाका वरिष्ठ मन्त्री छाय सिनारिथबिच सामग्री हस्तान्तरण समारोह सम्पन्न भएको थियो ।
राजदुत वाङले अनलाइन घोटाला विरुद्ध लड्न कम्बोडियालाई सहयोग गर्न पाउँदा चीन खुशी भएको बताउँदै पछिल्ला महिनाहरूमा साइबर घोटाला नियन्त्रणमा कम्बोडियाले हासिल गरेको उल्लेखनीय नतिजाको प्रशंसा गरे ।
उनले गत शुक्रवार अनलाइन घोटाला विरुद्ध लड्ने मस्यौदा कानुन पारित गरेकोमा कम्बोडियाली सरकारको प्रशंसा यसले देशबाट सबै अनलाइन घोटाला नेटवर्कहरू निर्मूल पार्ने कम्बोडियाको उच्च प्रतिवद्धतालाई प्रतिविम्वित गर्दछ ।
यस दक्षिणपूर्वी एशियाली राष्ट्रले सामाजिक सुरक्षा, सार्वजनिक व्यवस्था कायम राख्न र अन्तर्राष्ट्रिय मञ्चमा देशको छवि सुधार्न साइबर घोटाला नेटवर्कहरू विरुद्ध अभूतपूर्व राष्ट्रव्यापी कारबाही शुरु गरेको छ ।
कम्बोडियाली सरकार यस वर्षको अप्रिलसम्ममा देशका सबै अनलाइन घोटाला केन्द्रहरू उन्मूलन गर्न प्रतिवद्ध छ । कम्बोडियाका गृहमन्त्री सार सोखाले हालै बताएअनुसार गत वर्षको जुनसम्म अनलाइन घोटालाविरुद्धको कारबाही तिब्र पारिएपछि ३० हजार भन्दा बढी शंकास्पद विदेशी स्क्यामरहरूलाई देश निकाला गरिएको छ भने २ लाख १० हजारभन्दा बढीले स्वेच्छाले देश छाडेका छन् ।


प्रतिक्रिया दिनुहोस्