बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य तोलामा ७ हजार २०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ९१ हजार ८०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार २ लाख ९९ हजार रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला २०५ रूपैयाँले बढेर ५ हजार २५ रूपैयाँ कायम भएको छ ।