आन्तरिक राजस्व विभागका महानिर्देशकसहित अर्थ मन्त्रालयका तीन सहसचिवको सरुवा


काठमाडौँ । अर्थ मन्त्रालय मतहतका तीन सहसचिवलाई सरकारले प्रदेशमा सुरुवा गरेको छ ।

आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालसहित तीन सहमचिवको सरुवा गरिएको हो ।

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २५ सहसचिवको सरुवा गर्दा ३ जना अर्थमन्त्रालय मातहतका सहसचिव सरुवा भएका छन् ।

महानिर्देशक दाहाल, अर्थ मन्त्रालयको वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख सेवन्तक पोखरेल र सहसचिव महेश भट्टराई सरुवा भएका हुन् ।

पोखरेल आर्थिक वर्ष २०८८३/८४ को बजेट लेखन समितिमा थिए ।

दाहाललाई सुदूरपश्चिम प्रदेशको सचिव तथा पोखरेल र बलारलाई मधेश प्रदेशमा पठाइएको छ ।