रूकुम पूर्वका तीर्थालु बाेकेकाे जीप राेल्पाकाे जलजलामा दुर्घटना, १७* जनाकाे मृत्यु


काठमाडौँ । रोल्पाको थवाङ गाउँपालिका १ स्थित जलजलामा भएको जीप दुर्घटनामा १७ जनाको मृत्यु भएको छ ।

रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप भिरबाट करिब ८ सय मिटर तल खल्दा अहिलेसम्म १७* जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।

जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुन जानेहरू दुर्घटनामा परेका हुन् । लु १ ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो ।

*सच्चाइएकाे