काठमाडौँ । व्यवसायी शेखर गोल्छाको बन्दीप्रत्यक्षीकरणको रिटमा आज सुनुवाई हुँदैछ ।
श्रीमती सिमा गोल्छाले हालेको रिटमा आज सुनुवाई हुन लागेको हो ।
गोल्छाको पेसी न्यायाधिस महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको इजलासमा परेको छ । यसअघि सर्दै आएको गोल्छाको वन्दीप्रत्यक्षीकरणको रिटमा आज सुनुवाई हुन लागेको हो ।
गोल्छालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले वैशाख १० गते पक्राउ गरेको थियो ।
श्रीमती सिमाले गोल्छालाई गैरकानुनी थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा वैशाख ४ गते बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
वैशाख १५ गते न्यायाधीश नृपध्वज निरौलाको इजलासले बन्दीसहित २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको थियो ।
१६ र १७ वैशाखमा पेसी तोकिए पनि हेर्न नभ्याइने र नमिल्ने हुँदै सुनुवाइ सारिएको थियो । गोल्छालाई धितोपत्र सम्बन्धी ऐन २०६३ अन्तर्गत पक्राउ गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्