काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीकी सांसद राजेन्द्रलक्ष्मी गैरेले सरकारले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित निजी उद्योगहरु बन्द गर्ने तयारी गरेको भन्दै त्यसले मुलुकमा ठूलो बेरोजगारी बढ्ने चेतावनी दिएकी छन् ।
राष्ट्रिय सभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो चेतावनी दिएकी हुन् । सांसद गैरैले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित ५० भन्दा बढी निजी उद्योग बन्द गर्ने चर्चा चलिरहेको भन्दै सरकारको नीतिप्रति प्रश्न उठाए ।
उनले पुराना राजनीतिक दलहरुले जनताको गास, वास र कपासको सुनिश्चितताका लागि ठूलो आन्दोलन गरेको स्मरण गर्दै सरकारले उक्त कुराको हेक्का राख्न जरुरी रहेको बताए । उनले सरकारको नीति तथा कार्यक्रममा विपन्न र मध्यक वर्गका नागरिकलाई प्राथमिकतामा राख्नुपर्ने बताइन् ।
उनले भनिन्, ‘स्वास्थ्य क्षेत्रसँग सम्बन्धित ५० भन्दा बढी निजी उद्योहरु बन्द गर्ने कुरा हामीले सुनिराखेका छौँ । यसो हुँदा दशौँ हजार मान्छे बेरोजगार हुन्छन् । सरकारले यो देश कता लैजान खोजेको हो ? हामीले यो देश बनाउँदैछौँ कि भत्काउँदै छौँ । हिजो हामीले जनताको गास, वास र कपासकमे लागि ३६ सालको जनमत संग्रहमा बहुदलको झण्डा बोक्यौँ । हामीले जनताको अधिकारको लागि आफ्नो ज्यानको आहुति दिनेगरी लड्यौँ । यो सबै भत्काएर व्यवस्थामाथि प्रश्न खडा गर्ने काम गरिएको छ । यसरी देश कता पुग्छ ?’
उनले मुलुकको समग्र विकासका लागि सम्बन्धित सबै दल र सरकारबीच आपसि संवाद र सहकार्यको आवश्यकता रहेको बताए।



प्रतिक्रिया दिनुहोस्