राष्ट्रिय वाणिज्य बैंकमा पुँजी वृद्धि गर्ने प्रस्ताव


काठमाडौँ । सरकारले राष्ट्रिय वाणिज्य बैंकमा नेपाल सरकारको पुँजी वृद्धि गर्ने प्रस्ताव गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २०८३ ८४ को बजेट प्रस्त्ुत गर्दै सार्वजनिक संस्थानलाई बलियो बनाउन केहीमा पुँजी वृद्धि र अन्यमा सरकारी शेयर विनिवेश गर्ने भन्दै राष्ट्रिय वाणिज्य बैंकमा नेपाल सरकारको पुँजी वृद्धि गर्ने प्रस्ताव गरेका हुन्।

यस्तै, नेपाल वायुसेवा निगमलाई कम्पनीमा रुपान्तरण गरी व्यवस्थापन सुधार तथा रणनीतिक साझेदारीको उपयुक्त विधि पहिचान गर्ने जनाइएको छ । सरकारले राष्ट्रिय जीवन बीमा कम्पनी र विशाल बजार कम्पनीको शेयर सर्वसाधारणमा निष्काशन गर्ने भएको छ ।

जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडलाई उद्देश्य मिल्ने वित्तीय संस्थासँग गाभी पूर्वाधार क्षेत्रको विशिष्टीकृत निकाय बनाउने उल्लेख गरिएको छ ।

गोरखकाली रबर उद्योग लगायत सातवटा सार्वजनिक संस्थानको सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डीडीए) गरी निजी(सार्वजनिक साझेदारी मोडेलमा लगानी व्यवस्थापनको काम आगामी वर्षभित्र सम्पन्न गर्ने जनाइएको छ ।