‘निलो क्रान्ति’ भन्दा ‘हरित क्रान्ति’ दिगो : कुलमान घिसिङ


काठमाडौं । कुलमान घिसिङ ले उज्यालो नेपाल पार्टी को मुख्य एजेन्डा ‘हरित क्रान्ति’ रहेको बताउँदै राष्ट्रिय स्वतन्त्र पार्टी ले अघि सारेको ‘निलो क्रान्ति’ धेरै समय नटिक्ने दाबी गरे ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालको दिगो विकास र राजनीतिक स्थायित्वका लागि हरित क्रान्ति नै अन्तिम र भरपर्दो विकल्प भएको बताए।

सुशासन, जलविद्युत् उत्पादन, हरित हाइड्रोजन तथा हरित युरियाको विकासलाई हरित क्रान्तिको मुख्य आधारका रूपमा उनले प्रस्तुत गरे।

घिसिङले उज्यालो नेपाल पार्टीको झण्डा हरियो हुनु र चुनाव चिह्न ‘चिम’ ले शक्तिको सन्देश दिने भएकाले हरित क्रान्ति पार्टीको मूल दर्शनसँग जोडिएको समेत स्पष्ट पारे। पार्टीले आगामी राजनीतिक यात्रा सुशासन र हरित क्रान्तिमै केन्द्रित गर्ने प्रतिबद्धता जनाएको छ।