बढ्यो सुनचाँदीको मूल्य


काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य तोलामा २ हजार रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ९९ हजार ९०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार ३ लाख एक हजार ९०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले बढेर ४ हजार ९२५ रूपैयाँ कायम भएको छ ।