काठमाडौंँ । साताको कारोबारको तेस्रो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से परिसूचक ०.०८ अंकले बढेर २७०५.५३ अंकमा झरेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये ५ ओटा उपसमुहको बढेको छ भने बाँकी ८ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २१ करोड १७ लाख ११ हजार रूपैयाँ बढीको कारोबार भएको छ ।
आज सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । यी दुई कम्पनीको सेयरमूल्य १४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
कुल ३५२ कम्पनीको ८३ लाख ७५ हजार ४७१ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६३ करोड ७५ लाख ८९ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्