युनाइटेड अजोड इन्स्योरेन्सद्वारा लाभांश घोषणा


काठमाडौँ । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । असार ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१र८२ का लागि लाभांश घोषणा गरेको हो ।

बैठकले उक्त आवको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजी २ अर्ब ३१ करोड रुपैयाँको ४.२८५७ प्रतिशत बोनस सेयर र ०।२२५६ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।