काठमाडौँ । एन आई सी एशिया बैंक लिमिटेडले २:१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट प्राप्त स्विकृतिअनुसार बैंकले हाल कायम चुक्ता पूँजी १४ अर्ब ९१ कराेड ७५ लाख ६६ हजार ९२२ रूपेयाँ बराबरको प्रति सेयर एक सय रूपैयाँ अंकित दरका १४ कराेड ९१ लाख ७५ हजार ६६९.२२ कित्ता साधारण सेयरको दुई सेयर बराबर एक (२:१) सेयर कित्ताको अनुपातमा साविकका सेयरधनीहरूको लागि ७ अर्ब ४५ कराेड ८७ लाख ८३ हजार ५०० रूपैयाँ बराबरको प्रति कित्ता एक सय रूपैयाँको ७ कराेड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद साधारण सेयर निष्काशन गर्नेछ ।
उक्त हकप्रद शेयर निष्काशनका लागि आवश्यक अन्य नियामकीय स्वीकृति तथा प्रक्रिया पूरा गरी निष्काशन कार्य अगाडि बढाइने जनाएकाे छ ।
हकप्रद शेयर निष्काशनबाट प्राप्त हुने रकम बैंकको पूँजी संरचना सुदृढ बनाउन, पूँजी पर्याप्तता अनुपात थप मजबुत बनाउन तथा बैंकको दीर्घकालीन व्यवसायिक विस्तार एंव रणनीतिक योजनाहरु कार्यान्वयन गर्न उपयोग गर्ने योजना रहेको छ ।
उक्त हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धि सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख वित्तीय अधिकृत रुपेश लुइटेल र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्