काठमाडौँ । शुक्रबार नेपाल राष्ट्र बैंकले ६० अर्ब रूपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरू अधिक तरलता भएपछि राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट ९१ दिनको लागि निक्षेप संकलन गर्न लागेको हो ।
यसको साँवाब्याज राष्ट्र बैंकले २०८३ असोज २३ गते भुक्तानी गर्ने जनाएको छ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् ।


प्रतिक्रिया दिनुहोस्