मंगलबार कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य तोलामा एक हजार २०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ८५ हजार २०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार २ लाख ८४ हजार रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले घटेर ४ हजार ३६० रूपैयाँमा कारोबार भइरहेको छ ।