फागुन ७ गतेदेखि आइपीओ निष्काशन गर्दै आत्मनिर्भर लघुवित्त


काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले ले आइपीओ निष्काशन गर्ने भएको छ । संस्थाले बिहिबार (फागुन ११ गते)देखि २ लाख बढि कित्ता सेयर सर्वसाधारणको लागि निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

संस्थाले वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आइपीओ निष्काशन गरेपछि सर्वसाधारणका लागि आइपीओ जारी गर्न लागेको हो ।

लघुवित्तले आफ्नो जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२।६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न लागेको हो ।

लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा २ लाख ३ हजार ३८० कित्ता सेयर निष्कासन गर्नेछ । यसमध्ये १० प्रतिशत अर्थात् २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरिएको छ । यस्तै, जारी पुँजीको ०.५ प्रतिशत अर्थात् ३ हजार ११७ कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात् १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

सर्वसाधारण लगानीकर्ताले उक्त आइपीओमा छिटोमा फागुन १५ गतेसम्म र ढिलोमा फागुन २५ गतेसम्म आवेदन दिन पाउनेछन् ।

लगानीकर्ताले आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ता दिनुपर्ने छ । । सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट र सीडीएस एण्ड क्लियरिङ्गको वेबसाइट मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीले उक्त आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।