काठमाडौँ । माछापुच्छ्रे बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा प्रसिद्धराज अर्याल र नायब प्रमुख कार्यकारी अधिकृतमा सुभाष जमरकट्टेल बढुवा भएका छन् ।
यसअघि अर्याल बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत र जमरकट्टेल नायब महाप्रबन्धकको जिम्मेवारीमा थिए ।
सञ्चालक समितिको साउन ४ गते बसेको बैठकले अर्याल जमरकटेलको पदोन्नति गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।
अर्यालले काठमाडौँ विश्वविद्यालयबाट व्यापार प्रशासनमा स्नातकोत्तर गरेका छन् भने दुई दशकदेखि बैंकिङ क्षेत्रमा आबद्ध छन् ।
अर्यालसँग कर्जा व्यवस्थापन, ट्रेजरी, करेस्पोन्डेन्ट बैंकिङ, शाखा सञ्चालन तथा लघुवित्तलगायत विविध क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेको अनुभव छ ।
सुभाष जमरकटेलले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्सी, त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन र कानूनमा स्नातक तथा थाइल्यान्डस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट बैंकिङ तथा फाइनान्समा प्रोफेसनल मास्टर्स गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्