काठमाडौँ । सरकारले विद्युत् नियमन आयोगको अध्यक्षमा डा. रामप्रसाद धिताललाई नियुक्त भएका छन् ।
अध्यादेशबाट पदमुक्त भएका धिताल फेरि प्रतिस्प्रधाबाट पुनः अध्यक्ष बनेका हुन् । धिताललाई बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षमा नियुक्त गरेको हो ।
धिताल यसअघि २०८१ असार ७ गते पनि खुला प्रतिस्पर्धाबाट विद्युत् नियमन आयोगको अध्यक्ष बनेका थिए ।
धिताल यसअघि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमा कार्यकारी निर्देशकसमेत थिए ।


प्रतिक्रिया दिनुहोस्