५८ सय रूपैयाँले घट्यो सुनको मूल्य


काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा ५ हजार ८०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार प्रतितोला २ लाख ९१ हजार ३०० रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार २ लाख ८५ हजार ५०० रूपैयाँमा किनबेच भइरहेको छ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १५५ रूपैयाँले घटेर ४ हजार ३५० रूपैयाँमा कारोबार भइरहेको छ।