ग्रामीण लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा डा. नहकुल सुवेदी


काठमाडौँ । ग्रामीण विकास लुघुवित्त संस्था लिमिटेडको अध्यक्षमा डा. नहकुल सुवेदी नियुक्त भएका छन् ।

संस्थाको सञ्चालक समितिको साउन १० गतेको बैठकले अध्यक्षमा सुवेदीलाई चयन गरेको हो ।

सुवेदीले आज नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था, नियमन विभागका कार्यकारी निर्देशक रामु पौडेलबाट पद तथा गोपनीयताको सपथ लिएका छन् ।

संस्थाको सञ्चालक समितिमा प्रमेखराज पोखरेल, सचिता पराजुली, मणिकरत्न शाक्य र प्रमोद ज्ञवाली रहेका छन् ।