काठमाडौँ । सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो जाँदा भौतिक क्षति पुगेको छ ।
गएराति सवा १ बजेतिर गएको पहिरोले भोटेकोशी गाउपालिका वडा नं.३ स्थित भन्सार कार्यालयमा रहेको सशस्त्र प्रहरी बल नेपाल बिओपी तातोपानीमा उत्तर पश्रिमतर्फ रहेको २००/३०० मिटर अग्लो डाँडाबाट सुख्खा पहिरो झरेको हो ।
दुईतिरबाट आएको पहिलो एक आपसमा ठक्कर खादाँ उछिट्टेका ढुङ्गाहरूले सशस्त्र प्रहरीको ब्यारेकमा क्षति पुगेको छ ।
पहिरोले पहिलो लाइन ब्यारेकको झ्यालको एउटा सिसा फुटेको, दोस्रो लाइन ब्यारेकको भित्तामा प्वाल परेको, जस्ताको छानोमा समेत ६ ओटा प्वाल परेको प्रहरीले जनाएको छ ।
यस्तै एउटा डउटी पोस्ट पूर्ण क्षति र आंशिक क्षति भएको,राष्ट्रिय झण्डा राखेको पोल पूर्ण क्षति भएको, जिन्सी स्टोर भवनमा ३ ओटा प्वाल परेको बिओपी तातोपानीले जनाएको छ । मुख्य गेट अगाडीको सिढीमा पनि क्षति भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्