काठमाडौँ । भोटेकोशीको बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुर नगरपालिका–१० मा पर्ने बेत्रावतीस्थित एउटै घर भित्रबाट २४ वटा शव निकालिएको छ ।
१० भदौमा रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढी परेका मध्ये बेत्रावतीको उत्तरगया मिनी मार्ट भएको घरबाट २४ वटा शव निकालिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
प्रहरीकाअनुसार निकालिएका शवको मुचुल्का गरेर पहिचान गर्ने काम भइरहेको छ भने अहिलेसम्म ती शवको सनाखत हुन सकेको छैन ।
मुचुल्काकाको काम सकिएपछि पोस्टमार्टमका लागि शवहरू त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइने उनले बताए ।


प्रतिक्रिया दिनुहोस्