राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दीपकराज बोहराले त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङमा फसेका नागरिकको अवस्था र उद्धारको प्रगतिबारे संसदलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उहाँले यस्तो ध्यानाकर्षण गराएका हुन् । उनले निर्माणाधीन जलविद्युत आयोजनाको टनेल तथा सुरुङमाा फसेका नागरिकको सरकारले उद्धार गर्न सक्ने हो कि होइन ? भनि प्रश्न समेत गरे ।
उनले भविष्यमा हिमताल फुटेर आउने बाढीको क्षति कम गर्न एआई प्रविधिमार्फत जोखिमयुक्त हिमतालको निगरानी गर्न समेत सरकारको ध्यानाकर्षण गराए ।
उनले भने, “यो त्रिसूली–३ एमा खोल्न मिल्ने हो कि होइन ? सरकारले सक्ने हो कि होइन ? कसको एफोर्ट लाग्ने हो ? त्यो सुरुङमा मान्छे जीवित छन् कि छैनन् । कसले भनिदिने हो खासमा ? विदेशी कसैको सहयोग चाहिएर कोही आउने हो कि ? सरकारले बताइदिनुप¥यो सभामुख महोदय । यस्ता हिमतालहरु नेपालमा धेरै छन् । अगामी दिनमा यस्ता हिमतालहरु नफुट्नका लागि एआईजडिट क्यामेराहरु हुन्छन् । एआई आफैंले रिपोर्ट गर्छ । तालमा वा पहाडमा कुनै हलचल भयो सूचना दिने खालका क्यामेरा जडान गर्ने हो कि ?”
उनले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउन माग गरे ।


प्रतिक्रिया दिनुहोस्